सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ।

लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको २३२ औं बैठकले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार