विद्युतीय सवारी तोकिएको स्थानमा मर्मत गराउन आग्रह

काठमाडौं । विद्युतीय सवारी बिक्रेती व्यवसायीहरुले विद्युतीय सवारी साधन तोकिएको स्थानमा मात्र सर्भिसङ गर्न आग्रह गरेको छ । उनीहरुका अनुसार विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत् गराउन आग्रह गर्दछौं ।

सोमबार बिहान सितापाइलमा विद्युतीय गाडीमा आगलागी भए सँगै बिक्रताहरुले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

सोमबार बिहान सेरिज ब्राण्डको एउटा विद्युतीय सवारीसाधन (ईभी) मा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको थियो। गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो। उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ। मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो।

यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको छ। कम्पनीको प्रारम्भिक
अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप
अनुसन्धान भने भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार