नेप्से सँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । आइतबार घटेको नेप्से सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११.१४ घटेर ४७६.२९ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३१९ वटा कम्पनीको १ करोड ३८ लाख ६३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ९० करोड सात लाख ९१ हजा रुपैयाँ कारोबार भएको छ । जुन आइतबारको तुलनामा २ अर्ब २७ करोड ९४ लाख रुपैयाँले कम हो । आइतबार ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

सोमबार २३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

सोमबार १३ वटा समूह सूचकहरुमध्ये सबै घटेको छ । बैकिङ ३७, विकास बैंक ९४, वित्त ११२, होटल र पर्यटन १०८, जलविद्युत ६६, लगानी ३, जीवन बीमा २८१, उत्पादन र प्रशोधन ११७, लघुवित्त ९४, म्युअुचल फण्ड ०.१५, र्निजीवन बीमा २२९, व्यापार १० र अन्य समूह ४९ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालनय रिइन्स्योरेनस, न्याङ्दी ग्रुप , कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइनान्स रह्यो । हिमालनय रिइन्स्योरेनसको २२ करोड ३ लाख, न्याङ्दी ग्रुपको १७ करोड ७६ लाख , कुमारी बैंकको १७ करोड ६८ लाख, गुडविल फाइनान्सको १४ करोड २४ लाख र नेपाल फाइनान्सको १३ करोड ९६ लाख रुपैयाँ कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार