त्रि वि स्नातक तहको परिक्षामा नेपाली भाषामा पनि प्रश्न पत्र वन्ने

काठमाडौं । त्रिभुवन विश्व विद्ध्यालय अन्तर्गत स्नातत तह प्रथम बर्षमा  अध्यनरत बिध्यार्थीले परिक्षा  दिँदा नेपाली भाषामा पनि  प्रश्न पत्र सोधिने भएको छ  ।

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ ।

हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।

सो कुराको जानकारी विज्ञान शिक्षा तथा प्रविधि मन्त्री तथा त्रिभुवन विस्वबिध्यालयको सह कुलपति बिध्या भट्टराईले जानकारी दिएकी छन् । बिगत बर्ष देखी नै स्नातक तहमा परिक्षामा प्रश्न पत्र नेपाली र अंग्रेजी भाषा दुवैमा हुनु पर्ने वहस हुँदै आएको थियो । यो भन्दा पहिला मन्त्री नियुक्त भएकालेले पनि यो काम गर्ने आप्नो पहिलो प्राथमिकता निर्दारण गरेका थिए ।

आगामी दिनमा अंग्रेजी भाषाको दख्खल कम भएर बिध्यार्थी अनुतिर्ण हुने समस्या कम हुने आंकलन गरिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार