सुनको मूल्यको दिनदिनै नयाँ उचाइ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  आज पनि बढेको छ । दसैँपछिका कारोबारका दिनमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को दिनदिनै उचाइ कायम गरिरहेको छ  ।

आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । हिजोको तुलनामा  सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख ६५ हजार ९ सय पुगेको छ  ।

आज चाँदीको मूल्य २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार