युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स (FMCG)  कम्पनीहरू मध्ये एक युनिलिभर नेपाल सङ्कटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ ।

हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दु:खद घडीमा पिडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख््या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पून:स्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै रु ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार