वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार २५० कित्ता संस्थापक शेयर मंगलवारबाट विक्रीमा आएको छ ।

एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता र विन नेपाल लघुवित्तले २८ हजार ९२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।

यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको थियो । उक्त समयमा शेयर विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरिएको हो । दुवै कम्पनीको शेयर खरीदका लागि आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

एनएमबि बैंकको शेयर खरीदका लागि बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा र विन नेपाल लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

दुवै कम्पनीको शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने भनाइ कम्पनीहरूको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार