एमालेले अदालतबाट दोषी प्रमाणितसँग जग्गा लिनु भ्रष्टाचारको पक्षपोषण :ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसन नेपाललले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको मलजल भएको बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमालेले सरकारवादी मुद्दाका प्रतिवादीसँग जग्गा लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ठहर ट्रान्सपरेन्सी इन्टरनेसनलले विज्ञप्तिमार्फत गरेको हो।

सत्तारुढ एमाले पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माणसमेत दानको रुपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

केही समयअघि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको १० रोपनी १४ आना जग्गामा एमालेले पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो। उक्त जग्गामा भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले एमालेका निम्ति अत्याधुनिक भवनसमेत बनाइदिने बताएका छन्। जग्गा दान लिएर पार्टी कार्यालय बनाउने एमाले निर्णयप्रति पार्टीभित्रै र सर्वसाधारणसमेतबाट विरोध भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार