सञ्चालनमा आयो खुर्कोटको बेलिबृज

Garima_Business-Loan3

सिन्धुली । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि बेलिबृज जडानको कार्य सकिएर सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतको टोली बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमनका लागि पुगेका थिए ।

निरीक्षणमा पुगेका मन्त्री दाहालले बेलिबृज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार