अमेरिकाले धार्मिक संगठन गठन गरेकोमा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको विरोध

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सम्प्रदायबीच बैमनस्यता सिर्जना उत्पन्न गर्ने कार्य गरेकोमा कडा आपत्ति जनाएको छ । अमेरिकाले (International Religious Freedom or Belief Alliance)  नामक सञ्जाल खडा गरेर संसारभरि नै धर्मको आवरणमा आफ्नो अभियान चलाउने नीति पास गरेको पार्टीको आरोप छ ।

उक्त साम्राज्यवादी नीतिप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रेसविज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ । वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पुरा गर्न अघि सारिएको धर्मराजनीति हो । यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउँछ । यो अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी कदम हो ।,’ नेपाल कम्युनिष्ट पार्टीको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाको यस नीतिको विश्वभरका स्वाधिनता प्रेमी जनताले तीव्र विरोध गररिहेका छन् । उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रितिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिएको नेपाल कम्युनिष्ट पार्टीको भनाइ छ । पार्टीले अमेरिकाको यस प्रकारको हस्तक्षेपकारी नीतिको कडा रुपमा विरोध गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार