४१.४५ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विकास बैंकहरुको नाफा ४१.४५ प्रतिशतले बढेको बताएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको भदौसम्ममा १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको असोजसम्ममा विकास बैंकहरुले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए । पछिल्लो समय कर्जा असुलीमा प्रगति हुदै जाँदा बैंकहरुको नाफामा सुधार देखिएको बैंकरहरु बताउछन् ।

चालु आर्थिक वर्षको भदौसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ , गरिमा, शाईन रेसुंगा, ज्योति विकास बैंक रहेका छन् । समीक्षा अवधिमा मुक्तिानाथले ३२ करोड ५८ लाख, गरिमाले २८ करोड ८९ लाख, शाईन रेसुंगाले २१ करोड ५४ लाख नाफा कमाएको छ ।

त्यस्तै, ज्योतिले १९ करोड ६२ लाख, कामना सेवाले १७ करोड ६९ लाख, महालक्ष्मीले १७ करोड १४ लाख र साँग्रिलाले १४ करोड ३० लाख रुपैयाँ, लुम्बिनीले ११ करोड १८ लाख, ग्रीन डेभलपमेन्टले ८८ लाख , कर्पोरेटले ३८ लाख र साल्पाले ४८ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकहरुले नाफा बढाएको देखिन्छ ।
गत वर्षको भदौको तुलनामा यस वर्षको भदौमा ६ वटा बैंकहरुको नाफा घटेको राष्ट्र बैंकले जनाएको छ । जसमा सिन्धुको ६३ लाख, कर्णालीको १ करोड ८६ लाख, एक्सेलको ६ करोड ८३ लाख, मितेरीको ८४ लाख, नारायणीको १ करोड १६ लाख र सप्तकोशीको ३६ लाखले नाफा घटेको छ ।

पछिल्लो समय विकास बैंकहरुले खराब कर्जा र कर्जामा सुधार गरे सँगै नाफामा सुधार देखिएको हो । खराब कर्जा र कर्जा असुली गर्न सकेका विकास बैंकहरुले आफनो नाफा बढाउन सकेको बैंकरहरु बताउछन् भने खराब कर्जा बढ्दै जाँदा केहि विकास बैंकहरुको नाफामा भने कमी आएको बताए । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुको कर्जा प्रवाह ३.८७ प्रतिशत र खराब कर्जा ३.६२ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार