हिमालयन डिष्टिलरीको नाफा ८९ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटडको नाफा ८९ प्रतिशतले बढेको छ । कम्पनीले बुधबार पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ८९ प्रतिशतले बढेको बताएको हो ।

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख ७१ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ५१ लाख ९९ हजार नाफा कमाएको थियो ।

कम्पनीले बिक्री तथा प्रवद्र्धनमा सकारात्मक प्रभाव परेको कारण नाफा र आम्दानी बढेको बताएको छ । कम्पनीले पहिलो त्रैमासमा उत्पादन बिक्रीवापत् १ अर्ब ४८ करोड ६६ लाख १४ हजार कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा आफनो उत्पादन बिक्रीवापत् ९७ करोड १८ लाख १५ हजार रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ । पिइ रेसियो ४५.८६ र तरलता अनुपात ४.३२ रहेको छ भने शेयर मूल्य १३६५ रहेको छ । कम्पनीले आफनो ब्याज आम्दानी पनि बढ्न जाँदा नाफा बढेको बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार