राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा २९ प्रतिशतले बढ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा ज्योति विकास बैंक

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा बढेको छ । बुधबार विकास बैंकहरुले आफनो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै राष्ट्रियस्तरको आठ वटा विकास बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ प्रतिशतले नाफा बढेको बताएका हुन् । आठ वटा विकास बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ९५ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त बैंकहरुको नाफा १ अर्ब १० करोड ७५ लाख रहेको थियो ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, साँग्रिला डेपलमेन्ट बैंक, शाईन रेसुंगा डेभलपमेन्ट बैंक, मक्तिनाथ विकास बैंक, लम्बिनी विकास बैक र गरिमा विकास बैंक रहेको छ भने महालक्ष्मी विकास बैंकले भने नोक्सानी व्यहोरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकको १५ करोड १९ लाख, कामना सेवा विकास बैंकको १७ करोड ४९ लाख, साँग्रिला डेपलमेन्ट बैंकको ६ करोड १ लाख, शाईन रेसुंगा डेभलपमेन्ट बैंक २३ करोड ९३ लाख, मक्तिनाथ विकास बैंकको २८ करोड १८ लाख, लम्बिनी विकास बैकको २० करोड १९ लाख र गरिमा विकास बैंकको २२ करोड ५७ लाख नाफा रहेको छ भने महालक्ष्मी विकास बैंकको ९ करोड ४२ लाख रहेको छ ।

गत वर्षको सोहि अवधिमा ज्योति विकास बैंकको ५ करोड ८ लाख, कामना सेवा विकास बैंकको ११ करोड ९५ लाख, साँग्रिला डेपलमेन्ट बैंक ४ करोड ६५ लाख, शाईन रेसुंगा डेभलपमेन्ट बैंकको १९ करोड १६ लदाख, मक्तिनाथ विकास बैंकको २२ करोड ८८ लाख, लम्बिनी विकास बैंकको १७ करोड ३२ लाख, गरिमा विकास बैंकको २० करोड १५ लाख र महालक्ष्मी विकास बैंकको ९ करोड ५३ लाख रुपैयाँ नाफा रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार