ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले उक्त कुरा देखाएको हो ।

चालु आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ लाख ४० हजा रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने २३.३६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, बैंकको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा भने १४.२२ प्रतिशत कमी हो । यता, संचालन नाफामा भने १९.४० प्रतिशत वृद्धि भई २ अर्ब १४ करोड ७४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १६ रुपैयाँ ७४ पैसा छ । यो गत आवको सोही अवधिमो तुलनामा भने ३ रुपैयाँ ०३ पैसा वृद्धि भएको हो । वितरणयोग्य इपिएस भने १४ रुपैयाँ १८ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।

समिक्षा अवधमिो बैंकको खराब कर्जा पनि बढेर ४.६७ प्रतिशत पुगेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार