मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड बढी

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड बढी रहेको छ । मुक्तिनाथ बिकास बैंकले बुधबार चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले २८ करोड १८ लाख १९ हजार नाफा आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अबधिमा बैंकले २२ करोड ८८ लाख ७ हजार नाफा आर्जन गरेको थियो ।

त्यस्तै प्रकाशित वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ४ करोड ४१ लाख कुल ब्याज आम्दानी गरेको छ । चुक्ता पुँजी ७ अर्व ४६ करोड रुपैयाँ रहेको बैंकको समीक्षा अवधिमा योग्य मुनाफा ६२ करोड ९० लाख ८६ हजार रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा रकम ४० करोड ४४ लाख ५७ हजार रहेको थियो । बैंकको खराब कर्जा अनुपात ३.१६ रहेको छ भने बैंकको रिजर्भ फण्डमा ५ करोड ६३ लाख ६४ हजार रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार