नेपाल इन्फ्राइस्टक्चर बैंकको नाफा घट्यो

काठमाडौं । नेपाल इन्फ्राइस्टक्चर बैंकको नाफा घटेको छ । नेपाल इन्फ्राइस्टक्चर बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ करोड ९ लाख नाफा आर्जन गरको छ । बुधबार तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो ।
बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड ३८ लाख नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७२.६३ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.४४ प्रतिशत र सञ्चालन मुनाफा १५.२१ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ६ रुपैयाँ ५० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३८ पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार