कीर्तिमानी मूल्यमा पुगेर सुनको भाउ फर्कियो

काठमाडौं । आज सुनको मूल्य आज घटेको छ । दसैँ सकिएपछि लगातार रूपमा बढेको सुनको मूल्य बिहीबार प्रति तोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रति तोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार