नेपाल फाइनान्स २ करोड ४० लाख घाटामा

काठमाडौं । पछिल्लो समय नेपाल फाइनान्स घाटामा गएको छ । फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रमासमा फाइनान्स २ करोड ४० लाख रुपैयाँ घाटामा पुगेको छ। यसअघि, गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि कम्पनी २ करोड २ लाख रुपैयाँ घाटामा थियो । घाटा बढ्नुको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको वृद्धिलाई मानिएको छ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ९७ लाख ७९ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा यो बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी भने ९० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १ करोड ५२ लाख रुपैयाँ थियो भने यस वर्ष यो रकम २ करोड ९० लाख रुपैयाँ पुगेको छ।

कम्पनी घाटामा रहेकाले यसको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ १३५..८६ रुपैयाँ रहेको छ भने कम्पनीको वितरण योग्य नाफा २५ करोड ७ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ, र पहिलो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा ४६ करोड १३ लाख रुपैयाँ सञ्चित गरेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार