फोनप्वाइन्टस् र इसेवाबीच सम्झौता

Garima_Business-Loan3

काठमाडौं । डिजिटल वालेट इसेवा र एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनप्वाइन्टबीच प्रारम्भिक साझेदारी भएको छ । फोनप्वाइन्टस्ले प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्नसक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोनप्वाइन्टस्ले प्रदान गर्दछ ।

फोनप्वाइन्टस्का प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई ँ फोनप्वाइन्टस्” पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् । फोनप्वाइन्टस्ले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकृकीत गर्दछ । जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनप्वाइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिईने लौयल्टी प्वाइन्टस् लाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ ।

फोनप्वाइन्टस्को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । फोनप्वाइन्टस्का सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनप्वाइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै फोनप्वाइन्टस्को विस्तारमा सहयोग पुग्ने बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार