नेप्सेसँगै कारोबार रकम घट्यो

Garima_Business-Loan3

काठमाडौं । सेयर बजार लगातार दुई दिन घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से सँगै कारोबार रकम पनि घटेको छ ।

बिहीबार ३१७ वटा कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँ रह्यो , जुन बुधबारको तुलनामा ८५ करोड ९८ लाख ४७ हजार रुपैययाँले कम हो । बुधबार ३२४ वटा कम्पनीको १ करोड ५७ लाख ४२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

बजार पुँजीकरण रकम भने ४१ खर्ब ७७ अर्ब ४१ करोड ४७ लाख रह्यो ।

बिहीबार ६७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार १३ वटा समूह सूचकहरुमध्ये १ वटा समूह बढ्दा १२ वटा समूह घटेको छ । जलविद्युत १२ अंकले बढ्दा बैकिङ १६, विकास बैंक ४२, वित्त ३०, होटल र पर्यटन ५६, लगानी ०.९७, जीवन बीमा ६७, उत्पादन र प्रशोधन ८९, लघुवित्त ४०, म्युअुचल फण्ड ०.०६, र्निजीवन बीमा ७७, व्यापार ७० र अन्य समूह १३ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनी, साहस उर्जा, आइसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स रह्यो ।

एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड ३१ लाख, साहस उर्जाको २४ करोड ९३ लाख, आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २४ करोड ५२ लाख र समृद्धि फाइनान्सको १९ करोड ७ लाख करोबार रकम रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार