सुनको मूल्य स्थिर चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । दसैँ सकिएपछि लगातार रूपमा बढेको सुनको मूल्य बिहीबार प्रति तोला ७ सय रुपैयाँले १ लाख ६६ हजार रुपैयाँमा आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार