सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन, सत्तारुढ सात दलको ७ बुँदे साझा धारणा

काठमाडौं । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी सात दलका शीर्ष नेताको बैठकले विपक्ष दलका शीर्ष नेताको बैठकले विपक्षी दलहरुको प्रदर्शनलाई लक्षित गरेर सडकबाट सरकारको विकल्प खोज्नु उचित नभएको गठबन्धनले साझा धारणा राखेका हुन् ।

सरकारले १० दिनमा गरेको कामको स्वागत गरेका सत्तारुढ दलहरुले बाँकी अवधिमा सरकारले तय गरेका कामका योजनालाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । सहकारीको रकम दुरुपयोगबारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन सुरु भएको भन्दै बैठकले अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियामा सबैको सहयोग आवश्यक पर्ने बताएको छ ।

तर पछिल्ला दिनमा अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने उद्देश्यले गतिविधि सुरु भएको भन्दै सात दलले भनेका छन्, भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्तिक ३ गतेदेखि प्रदर्शन गर्दै आइरहेको छ । सरकारले १०० दिनमा जनतामा आशा जगाउने काम नगरेको भन्दै प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्दै छ ।

पछिल्लो समय जनतामा राजनीतिक दलप्रति वितृष्णा बढ्दो क्रममा छ । साथै बंगलादेशमा सडक आन्दोलनबाट सत्ता पल्टिएको थियो । यस्तोमा नेपालमा विरुद्धका गतिविधि बढ्न थालेसँगै सात्तरुढ दलबाट संयुक्त विज्ञप्ति आएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार