एभरेष्ट कलर लिमिटेड आईपीओ निष्कासनको तयारीमा

काठमाडौं ।एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै आगामी मंसिर १ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भक्तपुरको मध्यपुर ठिमीस्थित ह्वाईट प्यालेस बैंकेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यसका लागि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयसमेत सभाले टुङ्ग्याउनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार