कृति भेन्चर फण्ड लिमिटेडले साधारण सभामा आईपीओ प्रास्ताव गर्ने

Garima_Business-Loan3

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जानकारी गराएको हो ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने/गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार