साताको शेयर : ११८ अंकले सुचक घट्दा, करिब ३० अर्बको कारोबार

काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता साताभर नेपाल स्टक एक्सचेन्ज, नेप्से खुल्यो । साताभर चलेको धितोपत्र दोस्रो बजारमा करोकार रकम र कारोबार कित्तामा सुधार देखिएको छ । यो साता धितोपत्रको दोस्रो बजारमा २९ अर्ब ९५ करोड बढीको ७ करोड ३७ लाख २० हजार बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

गत साता तीन दिन मात्र कारोबार भएको थियो । तीन दिन खुला भएको धितोपत्र दोस्रो बजारमा १५ अर्ब ९१ करोड बढीको ३ करोड ८४ लाख ४९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता धितोपत्र दोस्रो बजारमा १४ अर्ब ३ करोड बढी कारोबार रकम रहेको छ भने कारोबार कित्ता ३ करोड ५२ लाख भन्दा बढी रहेको छ ।

गत साताको तुलनामा यो साता बजार पूँजीकरण रकम समेत घटेको छ । समीक्षा अवधिमा १ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँले बजार पुँजीकरण रकमममा कमी आएको छ ।

यो साता कारोबार रकम बढ्दा बजार भने घटेको छ । नेप्से परिसूचक यो साता २५२७.१४ अंकमा पुगेको छ । जुन गत साता भन्दा ११८.२२ अंकले कम हो । गत साता २७४५.३६३२ अंकमा पुगेर नेप्से बन्द भएको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो साता ४७४.२६ अंकमा पुगेर बन्द भएको थियो । जुन अघिल्लो साताको तुलनामा २१ अंकले कम हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४९५.३० अंकमा पुगेर बन्द भएको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता सम्पूर्ण समूह सूचक आरोलो लागेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ ८५, विकास बैंक २३३, वित्त १०६ , होटल र पर्यटन ३३३, जलविद्युत ९८ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा लगानी ५, जीबन बीमा ६९२, उत्पादन र प्रशोधन २३३, लघुवित्त १९६, म्युअुचल फण्ड ०.७५, निर्जीवन बीमा ४८१, व्यापार १०६ र अन्य समूह ८३ अंकले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार