भक्तपुरमा दिपल गाडीको सोरुम सञ्चालनमा

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम सञ्चालनला ल्याएको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा , एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ ।’ उनले भने

उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताएका हुन् । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल इभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ ।’ उनले भने  ।

कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले भक्तपुरमा औपचारिक रुपमा सोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालेको वताएका छन् ।

एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो आफ्नो आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ भने निकट भविश्यमा  बुटवल, विरगंज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ  ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार