साफ महिला च्याम्पियनसिप २०२४: सेमिफाइलनमा भारतको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । पाँच पटकको विजेता भारतसँग नेपालले आज (आइतबार) साँझ ६:३० बजे दशरथ रंगशालामा खेल्ने छ ।

पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेश र भुटान भिड्नेछन्। यो खेल १:३० बजे सुरु हुने छ ।

गत संस्करणमा भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल बंगलादेशसँग स्तब्ध हुन पुगेको थियो । भारत पाँच पटको विजेता हो भने नेपाल पाँच पटकको उपविजेता हो ।

गत संस्करणको सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। सन् २०१० मा प्रतियोगिता सुरु भएयता भारत पहिलोपल्ट उपाधि जित्न असफल भएको थियो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार