ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटललाई लिएर ज्योति समुह विवादमा

काठमाडौं । जमलमा रहेको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लिलाई लिएर पद्य ज्योति र डा.रुपज्योतिबीच विवाद भएको छ । आइतबार मिडियामा एड्भोटोरियल छापेर ज्योति समूहले विवाद छताछुल्ल गरेका छन् ।
पद्यले आफनो घरमा डा.रुपज्योतिले सञ्चालन गरेको हस्पीटल खाली गर्नका लागि आग्रह गरे पनि नमाने सँगै विवाद भएको हो । पद्यले अस्पताल सञ्चालन भएको भाग १०/१५ प्रतिशत भाग आफनो भएको र त्यसलाई छाड्नका लागि स्थानीय न्यायिक समिति तथा जिल्ला अदालतले आदेश दिएको भन्दै डा.रुपलाई आदेहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् । ८५/९० प्रतिशत भाग अस्पताल रुपज्योति कै घरमा रहेको छ बाँकी १०/१५ प्रतिशत भाग आफनो रहेको भन्दै आफनो घरको भाग प्रयोग नगर्न पद्यले आग्रह गरेका हुन् ।
यता ड.रुपले अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई सञ्चालन गर्नबाट रोक लगाउन नहुने भन्दै आएको छ , जसले गर्दा विवाद थप उत्कर्षमा पुगेको हो । अस्पताल सञ्चालन भइ भाडा निदने गरेका अरोप डा.रुप माथि रहेको छ ।

एड्भोटोरियलको अंश/ विज्ञप्तिः

विगत केही दिनदेखि विभिन्न अनलाईन मिडिया तथा यूट्युब च्यानलहरुमा पद्य ज्योति परिवारको दबावको कारण श्री काठमाडौं महानगरपालिकाले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. जबरजस्ती खाली गराउन खोजेको, अस्पताल जस्तो संवेदनशिल स्थानलाई ७ (सात) दिनभित्र खाली गराउन जबरजस्ती गरिएको, बिरामीहरुप्रति असंवेदनशिल व्यवहार भएको भन्ने जस्ता भ्रामक, अनर्गल, प्रायोजित र कपोलपल्पित समाचारहरुप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविकता बुझ्दै नबुझि हचुवाको भरमा एकतर्फी समाचार संप्रेषण भईरहेकोमा हामीहरुको गम्भीर आपत्ती रहेको छ । अतः आम सर्वसाधारणलाई सत्यता र वास्तविकताको जानकारी गराउने उद्देश्यले यो विज्ञप्ती जारी गरिएको छ ।

२०३९ सालमै अंशबण्डा भई पद्य ज्योतीको नाममा मा. पो. का. मा दर्ता रहेको का. म. पा. वडा नं. २७, कि. नं. २३१० जग्गामा बनेका घरको प्रथम तल्लाको ५२२५.६८ वर्गफुट र दोस्रो तल्लाको ६९३४ वर्गफुट गरी दुई तल्ला घर/फ्ल्याट मासिक भाडा रकम रु १,८०,०००। (अक्षरेपी एकलाख असी हजार रुपैंया) दिने भनी मौखिकरुपमा सहमति भए बमोजिम जम्मा (१२,१५९.६८ वर्गफुट ) डा. रुपज्योति संचालक अध्यक्ष भएको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. ले २०७१ साल देखि प्रयोग गरी रहनु भएको छ । उक्त घर फ्ल्याट हामी आफैँलाई आवश्यक परेको हुँदा २०७६ साल देखि पटक पटक बहाल रकम बुझाई घर फ्ल्याट खाली गरिदिनु भनी लिखित तथा मौखिक रुपमा भन्दा समेत खाली गर्न नमानेको कारण बाध्य भई उक्त दुई तल्ला घर/फ्ल्याट ( १२,१५९.६८ वर्गफुट ) खाली गराई निवेदन दर्ता गर्दा सम्म हुन आएको जम्मा घर भाडा रकम रु १,५४,३२,००० । (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैंया) र मुद्दा अन्तिम भई घर फ्ल्याट खाली गराई बहाल भरी भराउ हुँदा सम्म हुन आउने थप बहाल रकम स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ४७ उपदफा (१) को देहाय (ज), दफा ४७ (४), दफा ४९ (६) तथा अन्य प्रचलित नेपाल कानून बमोजिम दिलाई घर खाली गराई पाउँ भनी श्री काठमाडौं माहानगरपालिका न्यायिक समिति समक्ष निवेदन गरेका थियौं । श्री काठमाडौं महानगरपालिका न्यायिक समितिबाट मिति २०७८।०६।२४ गते “वादीको घरजग्गा सम्पतिमा हक नै नभएका यि प्रतिवादी भाडा नतिरी बसीरहन मिलेन । यसर्थ बाहाल रकम वार्षिक २५ लाख भित्रकै भएको देखिँदा स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ४७ उपदफा (१) को देहाय (ज) बमोजिम प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने देखिएको बाहाल रकम रु १,५४,३२,००० (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैया) प्रतिवादीबाट भराई उल्लेखित घर फ्ल्याट खाली गरिदिने ठहर्छ” भनी फैसला भयो । सो फैसलाको तपसील खण्डमा पुनरावेदन नपरेमा वादीलाई बुझाउनु पर्ने बाहाल रकम रु १,५४,३२,०००। (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैंया) बुझाई प्रतिवादीलाई घर फ्ल्याट खाली गर्नु भनी जनाउ दिनु । म्याद भित्र खाली नगरे यसै कार्यालयबाट डोर खटी आवश्यक परे नेपाल प्रहरीको समेत सहयोग लिई खाली गर्नु भनी उल्लेख गरिएको छ । उक्त फैसला बिरुद्ध ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. ले श्री काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेकोमा श्री काठमाडौं जिल्ला अदालतबाट मिति २०७९ । ११ । २९ मा श्री काठमाडौं महानगरपालिका न्यायिक समितिले गरेको मिति २०७८।०६।२४ गतेको फैसला सदर हुने ठहर्छ भनी फैसला गरेको छ ।

श्री काठमाडौं जिल्ला अदालतको उक्त फैसला अन्तिम भएको हुँदा फैसला बमोजिम उक्त घर फ्ल्याट खाली गराई निवेदन दर्ता गर्दाको मिति सम्म विपक्षीबाट पाउनु पर्ने बहाल रकम रु १,९७,५२,००० । (अक्षरेपी एक करोड सन्तानब्बे लाख बाउन्न हजार रुपैंया) र घर खाली गर्दा सम्म हुन आउने थप बहाल रकम समेत दिलाई उक्त फैसला कार्यान्वयन गरी पाउँ भनी श्री काठमाडौं महानगरपालिकामा निवेदन गरेका थियौं । श्री का. म. पा. ले निर्णय कार्यान्वयन सम्बन्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. लाई २०८० ११।२४ मा पत्राचार गरेकोमा सो १० (दश) दिने म्यादको पत्र रुप ज्योति आफैंले मिति २०८०।११।२४ मा बुझिलिनु भएको थियो । उक्त पत्रको बिरुद्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. को तर्फबाट पुनः अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी श्री उच्च अदालत पाटनमा निवेदन परेकोमा अदालतको एकल इजलासबाट मिति २०८०।१२।०६ मा अन्तरिम आदेश जारी भएको र मिति २०८०।१२।१४ मा अन्तरिम आदेशलाई निरन्तरता दिइएको थियो। तर सो आदेश श्री सर्वोच्च अदालतबाट बदर भई पछि मुद्दाको पूर्ण सुनुवाई हुँदा मिति २०८१ ।०३।१९ मा श्री उच्च अदालत पाटनबाट निषेधाज्ञाको मुद्दा खारेज गर्ने गरी फैसला भएको छ।

त्यसपछि श्री काठमाडौं महानगरपालिकाले झण्डै दुई महिना अगाडी सो घर/फ्ल्याट खाली गराउने क्रममा स्थलगत निरिक्षण गरी दुबै पक्षलाई राखी छलफल गराएको थियो र खाली गराउने सम्बन्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. सँग दुबै पक्षलाई मन्जुर हुने गरी घर/फ्ल्याट खाली गराउन उचित समयसिमा सहितको कार्ययोजना माग गरिएकोमा अव्यावहारिक किसिमले २ (दुई) वर्ष समय माग गरेकोमा सोलाई नामन्जुर गर्दै खाली गराउने प्रक्रिया अगाडी बढाउदै माहानगरपालिकाले २०८१।०६।१३ गते कार्तिक ६ सम्म खाली गर्न र नगरेमा ऐ ७ गते डोर पठाउने पत्राचार गरी सोही बमोजिम कार्तिक ७ गते श्री काठमाडौं महानगरपालिकाको तर्फबाट सबन्धित नगरप्रहरीहरु गई सो घर/फ्ल्याट खाली गराउन भनेको हो । जसलाई प्रायोजित किसिमले खाली गर्नु पर्ने अन्तिम दिनमा एक्कासी ७ (सात) दिनमै जबरजस्ती गरी अस्पताल खाली गराउन खोजिएको, अस्पताल नै बन्द गराउन खोजिएको भन्ने झुट्ठा समाचारहरु प्रायोजित रुपमा आइरहेका छन् ।
हामीले अस्पताल बन्द गराउन खोजेका होइनौं, सम्पूर्ण अस्पतालको जम्मा १०/१५ प्रतिशत भाग मात्रै पद्य ज्योतिको घर/फ्ल्याटमा रहेको छ, बाँकी ८५ /९० प्रतिशत अस्पताल रुपज्योतिकै घरमा रहेको छ । अदालतबाट घर/फ्ल्याट खाली गराउनु भनी अन्तिम फैसला भई फैसला कार्यान्वयन गराउन खोज्दा विभिन्न अनलाईन मिडिया तथा थ्यगतगदभ ऋजबललभ िहरुले बिरामीहरु प्रति असंवेदनशिल भएको भन्ने जस्ता झुठा आरोप लगाउँदा हामीलाई दुःख लागेको छ । अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर/फ्ल्याट अनन्त काल सम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको छ। यो तथ्यलाई अनदेखा गरिएको छ । अदालतको फैसलालाई सम्मान गर्नु र पालना गर्नु सबै नागरिकहरुको कर्तव्य हुन आउँछ । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. ले अदालतको फैसलालाई सम्मान गर्दै आफैं उक्त घर/फ्ल्याट खाली गर्नुपर्नेमा सो नगरी उल्टै तथ्यलाई बंग्याई कुप्रचार गरिरहनु अदालतको फैसलाको अपमान गर्नु हो।

विगत ७ (सात) वर्ष देखि आफ्नो घर/फ्ल्याट आफैँले प्रयोग गर्न नपाउनु, करोडौं रुपैंया भाडा नपाउनुको छुट्टै पिडा रहेको छ। अस्पताल ७ (सात) दिनभित्र खाली गराउन खोजिएको होइन, विगत ७ (वर्ष) देखि खाली गरिदिनुहोस भनी दशौं पटक पत्राचार गर्दा अटेर गरेर बस्ने र अहिले श्री काठमाडौं महानगरपालिकाले अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा झुठ्ठा गलत तथ्यहरु प्रस्तुत गरी आम सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको हुँदा यसै विज्ञप्ती मार्फत आम सर्वसाधारणलाई वास्तविक सत्य तथ्य अवगत गराउन चाहान्छौं ।

ज्योति समूह: ज्योति भवन, कान्तिपथ, काठमाण्डौं

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार