पेनाल्टीमा भारतलाई ४ गोलले हराउदै नेपाली महिला बिजेता

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमागएको  थियो । नेपाल्टी सुआउटमा नेपालका तर्फबाट सबिता भण्डारी साम्भा दोस्रो गोल गिता राणा मगर तेस्रि सबिता राणा मगर चौथो गोल हानेका थिए । भारतीय खेलाडी को पहिलो चौथो पेनाल्टी नेपालकी गोल किपर अञ्जना रोक्न सफल भएकी थिइन ।

पहिलो खेलको  ७१ औ मिनेटमा नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार