पहाडी भु-भागमा चट्याङ सहित हल्का बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ  ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातमा भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार