समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्दैछ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

एएफपिओमा आबेदन दिन अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट सकिनेछ ।  लगानीकर्ताले आबेदन दिँदा न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी गर्न लागेको हो ।

यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६. २० प्रतिशत मात्रै छ । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार