रेकर्ड मूल्यबाट फर्कियो सुन

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रति तोला ४०० सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा करोबार भइरहेको छ । आइतबार हालसम्मको उच्च विन्दु एक लाख ६७ हजार ४०० रुपैयाँ प्रति तोला छापावाल सुनको मूल्य पुगेको थियो ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला दुई हजार ८५ रुपैयाँमा करोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार