मुनलाईट हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Garima_Business-Loan3

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरका सीईओ अनन्त कार्कीले आईपीओ निष्काशनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधीन २२।१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार