सिटिजन्स बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा सोमबार कार्तिक महिना १२ साधारण सभा सम्पन्न भएको छ ।

यस अवसरमा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस मोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । बैंकले १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार