शेयर बजारमा हरियाली, २७ अंकले बढ्यो नेप्से

Garima_Business-Loan3

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको दोस्रो दिन नेप्से परिसुचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा पुगेको छ ।

आज ३०७ कम्पनीको ५८ हजार ५५२ पटक करोबार भएको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किन बेच भएको छ ।

आज नेप्सेका सबै उपसमूह बढेको छ ।

जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.०२ प्रतिशतले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार