के हो मुद्रास्फीति ? कसरी निकालिन्छ उपभोक्ता मूल्य सूचकाङ्क ?

Garima_Business-Loan3

काठमाडौं । उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका वस्तु तथा सेवाको मूल्यको अनुपातका आधारमा गर्ने गरिन्छ ।

नेपालको उपभोक्ता मूल्य सूचकाङ्कका लागि आर्थिक वर्ष २०८०/८१ लाई पछिल्लो आधार वर्षको रूपमा लिइएको छ । नेपाल राष्ट्र बैङकले  मासिक रूपमा प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्न नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ निर्धारण गर्ने गरेको हुन्छ  ।

उक्त सर्वेक्षणको आधारमा पहिचान गरिएका ५२५ वटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो निर्धारण गरिएको छ । राष्ट्र बैङ्कले यी बस्तु वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूह गरी दुई बृहत् समूहमा विभाजन गर्ने गरेको छ । नेपाल राष्ट्र बैङ्कले  खाद्य तथा पेय पदार्थको भार ३५.४९ प्रतिशत राखेको छ  । खाध्य तथा पेय पदार्थमा  १० उपसमूह राखेको छ । नेपाल राष्ट्र बैङ्कले , गैरखाद्य तथा सेवा समूहको भार ६४.५१ प्रतिशत  राकेको छ यो अन्त्गत  १३ उपसमूह रहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार मुद्रा स्फीति निर्धारण गर्न नागरिकको  घर परिवारको खर्चमा अधिक हिस्सा रहेका वस्तु तथा सेवाको अधिक भाराङ्क रहेको र कम हिस्सा हुने कम भाराङ्क राखेको छ  ।

नेपाल राष्ट्र बैङ्कले यो  बस्तु तथा सेवाहरूको मूल्य देशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट नियमित रूपमा सङ्कलन गरी सूचकाङ्क तयार गर्ने गरेको छ यसको आधारमा मुद्रा स्फीति निर्धारन गर्ने गरेको छ  ।

राष्ट्र बेङ्कका अनुसार उपभोक्ता मूल्य सूचकाङक (CPI) मापनको विधि अनुसार यसलाई दुई तहमा गणना गरी निकालिएको छ जसमा प्रारम्भिक तहमा ज्यामितीय औसत र माथिल्लो तहमा अंकगणितीय भारित औसत विधि प्रयोग गरिएको छ ।

राष्ट्र बैङकका अनुसार त्यसै गरी, भारित औसत विधिबाट गणना गरिने भएकोले सापेक्षिक रूपले सूचकाङ्कमा अधिक भाराङ्क रहेका वस्तु तथा सेवाहरूको मूल्यमा हुने परिवर्तनको अधिक प्रभाव रहने र कम भाराङ्क रहेकाहरूको कम प्रभाव रहने हुन्छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०३१ / ३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क्ष प्रकाशन गर्न सुरू गरेको हो । तत्पश्चात् उपभोक्ताको खर्च प्रवृत्तिमा हुने परिवर्तनलाई मध्यनजर गर्दै मूल्य सूचकाङ्कको आधार वर्ष नियमित रूपमा अद्यावधिक गर्दै आइरहेको छ । सोही सिलसिलामा हालै छैठौं पटक मूल्य सूचकाङ्कको आधार वर्ष २०७१/७२ लाई अद्यावधिक गरी २०८०/८१ कायम गरेको छ  ।

साथै, आर्थिक वर्ष २०८१/८२ देखि देशका सातै प्रदेशको प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ समेत प्रकाशन गर्न शुरू गरेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार