फर्स्ट माइक्रोफाइनान्स लघु वित्त संस्थापक शेयर बिक्रिमा, प्रति शेयर मुल्य २७५ रुपैँया

Garima_Business-Loan3

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. ले संस्थापक शेयर प्रति शेयर रु.१०० अंकित दरको २८,३०१ कित्ता शेयर गोप्य शिलबन्दी बिधिबाट बिक्रि गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले २०८१ साल कार्तिक महिना २७ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो को विवरण स्पस्ट पारी  गोप्य शिलबन्दी पेश गर्नु पर्ने छ कम्पनीले भनेको छ  ।

शेयर खरिद गर्न चाहने खरिद कर्ताले  आवेदन फाराम रु.१००/- भुक्तानी गरी मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौंबाट लिन सक्नेछन् ।

शेयर खरिद कर्ताले  आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेखेको हुनुपर्नेछ  । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ कम्पनीले शेयर खरिद कर्तालाई तोकेको सर्तमा सो कुरा उल्लेख गरेको छ ।

कम्पनीले  शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १,००० (एक हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणानमा अधिकतम २८,३०१ कित्ताको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन ।

बिक्रिमा रहेको संस्थापक शेयरको न्यनतम मुल्य शेयरको न्युनतम मुल्य प्रति शेयर रु.२७५/- (अक्षरेपी दुई सय पचहत्तर मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

शिलबन्दी खाम बाहिर “फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि.को संस्थापक शेयर खरीद आवेदन” उल्लेख भएको हुनु पर्नेछ । शिलबन्दी आवेदन लाहाछाप गरिएको हुनु पर्नेछ ।

बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको धरौटी वापत जम्मा मूल्यको शत् प्रतिशत बराबरको रकम मुक्तिनाथ क्यापिटल लिमिटेडको नाममा खिचिएको Good for Payment Cheque संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ । आवेदकले पेश गरेको Good for Payment Cheque लाई मुक्तिनाथ क्यापिटल लिमिटेडको बैंक खातामा जम्मा हुने गरि Clearing गर्ने व्यवस्था मिलाइने छ । साथै छनौटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी IPS मार्फत गर्ने व्यवस्था मिलाइने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ  ।

बोलपत्र मार्फत विक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँट गर्दा पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीहरुलाई दिइने कम्पनीले जनाएको छ  । त्यस पछि शेयर बाँकी रहेको अवस्थामा सबैभन्दा बढी बोलकबोल गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिने कम्पनीले बताएको छ  ।

प्राप्त आवेदनहरु मध्ये छनौट भएका आवेदनहरु स्वीकृतिको लागि फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. को संचालक समिति समक्ष पठाईने  र फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. को संचालक समिति मार्फत आवश्यक प्रकृया पुरा गरी नेपाल राष्ट्र बैंकको स्वीकृती लिनु पर्ने भएमा स्वीकृति लिई सोको जानकारी छनौट भएका आवेदकलाई गराउने कम्पनीले जनाएको छ ।

शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गर्नु पर्ने  । साथै, विद्यमान संस्थापकहरुले आफ्नो आय श्रोतको विवरण वा स्वःघोषणा समेत पेश गर्नुपर्ने लगायतका शेयर खरिद गर्न चाहने खरिद कर्ताको लागि कम्पनीले शर्त तोकेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार