काठमाण्डौ महागरपालिकाले तोक्यो तिहारका फूल बेच्ने ४६ ठाँउ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न भन्दै  यसपालीको तिहार , नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल  विक्री वितरण केन्द्र तोकेको छ ।

महानगरपालिकाले  प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको जनाएको छ  ।

अघिल्लो बर्षपनि महानगरले  प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान तोकेको थियो  । महानगरले अघिल्लो बर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरेको जनाएको छ  । यो बर्ष फूल बिक्रिका लागि महागरपालिकाले महानगर क्षेत्र भित्र सञ्चालित मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा फूल बिक्रि गर्ने स्नथा तोकेको छ  ।

महानगरले फूल उत्पादक किसानलाई आफूलाई पायक पर्ने स्थान छनौट गरेर विक्री गर्न अनुरोध गरेको छ  । किसानलाई फूल बिक्रिको लागि महानगरले तोकेको  सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरीले पनि सहजीकरण गर्ने जनाएको छ ।

फूल उत्पादक किसान र बिक्रेताले फूल बिक्रिको लागि केही असहज भएमा काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा सहजीकरणको लागि अनुरोध गर्न सक्ने जनाएको छ ।

महानगरपालिकाले तिकिएको स्थान बाहेक  व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दै  यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने नजाएको छ । महानगरपालिकाले आम उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन पनि अनुरोध गरेको छ  ।

यी हुन काठमाण्डौ महानगरपालिकाले फूल बिक्रिका लागि तोकेका ४६ ठाँउ 

१) आरती पार्टी प्यालेस, माछा पोखरी

२) बुद्ध मल, माछा पोखरी

३) बालाजु भाटभटेनी, माछा पोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्म चक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलंकी

९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

१०) एस. एन. एस., कलंकी

११) एन. बि. टि. सि., कलंकी

१२) नेपा व्याङ्क्वेट, खुशिँवु

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सिटिसि मल, सुन्धारा

१८) रञ्जना मल, नयाँ सडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटि कम्प्लेक्स, न्यू प्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आइटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेवहाल

२४) के. एल. टावर, चाबहिल

२५) वि एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमुल

२७) आइप्लेक्स, बानेश्वर

२८) एनबि सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१) बिगमार्ट, शंखमुल

३२) बिबिएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटिएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमुल

३६) एसि कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) विग मार्ग, बालुवाटार

४०) सेल्स बेरी, महाराजगञ्ज

४१) भाटभटेनी, महाराजगञ्ज

४२) कोइराला मार्ट, सामाखुशी

४३) विग मार्ट, सामाखुशी

४४) सिटी सेन्टर, कमलपोखरी

४५) ल्होत्से मल, बालाजु

४६) सासा ब्याङकेट सोह्र खुट्टे

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार