रेकर्ड मूल्यमा सुन, १५ सयले बढ्यो

Garima_Business-Loan3

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार सुन एक हजार ५०० रुपैयाँले बढेको छ । पाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस अघि आइतबार हालसम्मको उच्च विन्दु एक लाख ६७ हजार ४०० रुपैयाँ प्रति तोला छापावाल सुनको मूल्य पुगेको थियो । सोमबार भने ४०० रुपैयाँ घटेको थियो । मंगलबार पुन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार ६५ रुपैयाँमा थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार