झिलिमिली बत्ती लगायत सामग्रीको व्यापारमा कमी

काठमाडौं । बढी प्रयोग गरिने बिजुलीको सामग्रीहरु तिहारको समयमा करोबारमा कमी आएको बताइएको छ । पुराना झिलीमिली बत्ती लगायतका विद्युतीय सामग्री बाँकी रहेको कारण र माग समेत बढ्न नसकेको कारण व्यापारमा कमी आएको व्यवसायीहरुले बताएका छन् । तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । विगतको वर्षको तुलनामा यो वर्ष तिहारलाई विद्युतीय सामग्रीको व्यापार हुन नसकेको व्यवसायीहरु बताउछन् ।

कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामान आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाए पनि बजार भने काठमाण्डौ केन्द्रित मात्रै हुने निश्चित भएको छ ।

महासङ्घले यस वर्षको तिहारमा ३० करोड रुपैयाँसम्मको सामान बिक्री गर्ने अनुमान गरेको छ । तर विगतका वर्षहरूमा ५०/६० करोड रुपैयाँको विद्युतीय सामग्रीको व्यापार हुन्थ्यो ।

तिहार नजिकिए सँगै झिलीमिली लगायतका बिजुली बत्तीहरु किन्ने ग्राहकको चहल पहल बढे पनि ग्राहकको संख्या बढ्न नसकेको व्यवसायीहरु बताउछन् । खरिदकर्ता कम भए सँगै व्यापारमा कमी आएको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार