करिब १४०० सय थान असर्फी बेच्दै टक्सार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी बिक्री गरिरहेको छ । आइतबारदेखि  चाँदीका सिक्का तथा मेडालियन बिक्री गरिरहेको टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागले आज बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म बिक्री
गर्न लागेको हो ।

सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा बिक्री गरिरहेको छ । २.५ ग्राम असर्फीको मूल्य ३६ हजार ८६५ रुपैयाँ तोकिएको छ ।

महाशाखाले करिब १४०० सय थान असर्फी बेच्न लागेकोमा बिहानैदेखि असर्फी किन्न मानिसहरू लामबद्ध भएका छन् ।धनतेरसमा सुनचाँदीका सिक्का किन्ने चलनअनुसार महाशाखादेखि मुख्य सडकसम्म सर्वसाधारणको भिड देखिएको छ ।

धनतरेसको दिन आज विशेष गरि सुनको गरगहना किन्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार