नेप्से सँगै कारोबार रकम पौने १ अर्बले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से सँगै कारोबार रकम समेत बढेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३१९ वटा कम्पनीको १ करोड ३३ लाख ७३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रहेको छ । यो सँगै सोमबारको तुलनामा कारोबार रकम ७८ अर्ब ३४ करोडले बढेको छ । सोमबार ५ अर्ब ३४ करोड ४८ लाख कारोबार रकम रहेको थियो ।
मंगलबार २२१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार १३ वटा समूह परिसूचकहरु सम्पूर्ण बढेको छ । वित्त २४, विकास बैंक १२२, वित्त १४, होटल र पर्यटन १७९, जलविद्यु्त ६७, लगानी १.४४, जीवन बीमा २३६, उत्पादन र प्रशोधन ६८, लघुवित्त ७४, म्युअुचल फण्ड ०.२८, निर्जीवन बीमा ४६०, व्यापार १३ र अनय समूह ३२ अंकले बढेको हो ।

मंगलबार सर्वाधिक करोबार हुने शेयरहरुमा समृद्धि फाइनान्स कम्पनी,पिपुल्स हाइड्रोपवार, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सहास उर्जा रह्यो ।

समृद्धि फाइनान्स कम्पनीको २४ करोड ७१ लाख,पिपुल्स हाइड्रोपवारको १६ करोड ८० लाख, सप्तकोशी विकास बैंक १४ करोड २२ लाख, जानकी फाइनान्सको १३ करोड ८५ लाख र सहास उर्जाको १२ करोड १८ लाख कारोबार रकम रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार