पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको व्यवसाय ४१ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बीमालेख जारी गरेर ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी मध्ये १३ ले एक अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् ।

बीमाशुल्क संकलन गरेको आधारमा नेपाल लाइफ इन्स्यारेन्स शीर्ष स्थानमा छ । कम्पनीले १६ लाख ४४ हजार २१९ बीमालेख बिक्री गरेर ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । कुल जीवन बीमा क्षेत्रमा कम्पनीले २९ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ ।

४ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको एलआइसी नेपाल इन्स्योरेन्सले ४ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार