नेपाल बैङ्कका ग्राहक र कर्मचारीले एसजी आइकेयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने

Garima_Business-Loan3

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले  नयाँ बानेश्वर स्थित एसजी आइकेयर एण्ड हेल्थ सर्भिस प्रा लि (ASG Eye Care and Health Services Pvt. Ltd) उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् ।

सो  सम्वन्धमा २०८१ कार्तिक १२ गते सम्झौता दुइ पक्षिय सम्झौता भएको छ । सम्झौता वमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने सहमति भएको छ  ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एसजी आइकेयर एण्ड हेल्थ सर्भिस प्रा लि (ASG Eye Care and Health Services Pvt. Ltd) को तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकुर ले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता सँगै नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने Eye Surgery procedures, minor investigation, optical lens, frames, treatment,, जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार