राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति अपनाइने

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।

भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो।

बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको बताइएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधीको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार