काठमाडौं । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन २२०० रुपैयाँले बढेर हालसम्मको उच्च विन्दु एक लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १२० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला दुई हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।