निफ्राले लाभांश वितरण नगर्ने

Garima_Business-Loan3

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षको बैंकले १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार