काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । खेल काठमाडौं स्थित त्रिपुरेश्वरको दशरथ रङ्गशालामा साँझ ६:३० बजेदेखि सुरु हुनेछ ।
नेपालले सेमिफाइनलमा पाँच पटकको विजेत भारतलाई टाइब्रेकरमा ४–२ र साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् ।
समूह चरणमा नेपाललाई भुटानले गोल रहित बराबरीमा रोकेको थियो भने बंगलादेशले भारतलाई ३–१ गोलले हराएको थियो ।
यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा हुनेछ भने बंगलादेशले आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ ।