साफ महिला च्याम्पियनसिप २०२४: गरिमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

Garima_Business-Loan3

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार