तिहार बिदा अघि घट्यो नेप्सेसँगै कारोबार रकम

काठमाडौं । तिहारको सार्वजनिक बिदाको अघिल्लो दिन शेयर बजार र कारोबार रकम दुवै घटेको छ ।

साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले बढेर ४७८.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रहेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा १७ करोड ४३ लाख १४ हजारले कमी आएको छ । मंगलबार ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार कारोबार रकम रहेको थियो ।

बुधबार ७५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ३ वटा समूहको शेयर बढ्दा बाँकी १० वटा समूहको शेयर घटेको हो । होटल पर्यटन १६७, म्युअुचल फण्ड ६५, निर्जीवन बीमा ६५ र व्यापार १२ अंकले बढ्दा बैंकिङ ११, विकास बैंक २३, वित्त ३५, जलविद्युत ११, लगानी २, जीवन बीमा १३१, उत्पादन र प्रशोधन ६८, लघुवित्त ७, म्युअुचल फण्ड ०.१५ र अन्य समूह १५ अंकले घटेको छ ।

बुधबार सर्वाधिक करोबार हुने शेयरहरुमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा जर्नल इन्स्योरेन्स, सोल्टी होटल, नेपाल फाइनान्स र स्टान्र्डड चार्टर बैंक लिमिटेड रह्यो ।

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३४ करोड १७ लाख, सानिमा जर्नल इन्स्योरेन्सको २६ करोड ५ लाख, सोल्टी होटलको २० करोड ९८ लाख, नेपाल फाइनान्सको १६ करोड ७७ लाख र स्टान्र्डड चार्टर बैंकको १५ करोड ७८ लाख कारोबार रकम रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार